२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पटाका पड्किएर बालकको मृत्यु


३६५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २४, मंगलबार मा प्रकाशित ४ साल अघि
  • २४ मंसीर, जनकपुरधाम । जनकपुरमा आयोजना गरिएको १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको कुस्ती खेलको उद्घाटनका क्रममा गरिएको आतिसवाजीका कारण एक जना बालकको ज्यान गएको छ ।

    गत मंसीर २० गते कुस्ती खेल उद्घाटन भएको जनकपुरधाम उपमहानगरपालिका-१३ स्थित कभर्ड हल नजिकै पटाका पड्काएर आतिसवाजी गरिएको थियो । आतिसवाजीका क्रममा केही पटाका पड्किएका थिएनन् ।

    भोलिपल्ट शनिबार नपड्केको पटाका आफ्नो घरमा लगेर पड्काउँदा स्थानीय ११ वर्षीय आलोक राउत गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा प्राथमिक उपचार गराइ थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

    बालकको उपचारकै क्रममा धरानमा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । उनको मंगलबार दिउँसो उपचारकै क्रममा मृत्यु भएको खबर प्राप्त भएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

    आतिसवाजी गर्नेहरुको लापरबाहीका कारण बालकको मृत्यु भएको भन्दै स्थानीयहरुले दोषीलाई कारबाहीको माग गर्दै क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार