२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

५० हजार घुस लिदैगर्दा दुई प्रहरीलाई झ्याप


१५७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सर्लाहीको त्रिभुवन नगर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादव घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ५० हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी नायब निरीक्षक राजेशकुमार सिंहलाई कार्यालयबाटै र प्रहरी जवान मनोजकुमार यादवलाई सर्लाहीको ब्रहृमपुरी गाउँपालिका वडा नं. ४ स्थित सगरमाथा बोर्डिङ स्कुलको प्रांगणबाट रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

    उनीहरुले भारतीय सीमाबाट नेपालतर्फ घरायसी सामान भित्राउन सहज गराइदिने भनी सेवाग्राहीसँग घुस लिने गरेको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार प्रहरी नायब निरीक्षक सिंहले घुस रकम लिन घुमुवा प्रहरी जवान यादवलाई पठाएको भन्ने सूचनाको आधारमा अख्तियारको टोली परिचालित भएको थियो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार