२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बोलेरो दुर्घनामा १२ घाईते तीनको अवस्था चिन्ताजनक (नामावली सहित)


२२२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • धादिङ — धादिङको ज्वालामुखी गाउँपालिका–४ सुनखानीमा बोलेरो जीप दुर्घटना हुदा १२ जना घाईते भएका छन् । धादिङबेसीबाट ढोलातर्फ जादै गरेको बा २० च ७२५६ नम्बरको बोलेरोको ब्रेक फेल हुदा सुनखानीमा दुर्घटना भएको हो ।

    दुर्घटनमा घाईते भएकामध्य ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाईते हुनेमा स्थानीय योगेश अर्याल, राधिका अर्याल, सुमन श्रेष्ठ, निकबहादुर बस्नेत, अम्दिन अन्सारी, भोजबहादुर अर्याल, कृष्णमाया अर्याल, रामबहादुर अर्याल, दिपक श्रेष्ठ, मेथुन रम्तेल, सरोज अर्याल र भारतीय नागरिक नहिन रहेको प्रहरीले जनाएको छ।

    घाईतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको छ। स्थानीय र प्रहरीले घाइतेको उद्धार गरेको थियो। सख्त घाईते २५ वर्षीय जीप चालक सुमन श्रेष्ठलगायत ३ जना लाई थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार