२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार


१८८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २६, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् । पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएका छैनन् ।

    पार्टीका विभागको संख्या बढाउने प्रस्तावमा असहमति जनाउँदै उनले बैठक बहिस्कार गरेका हुन्। ‘विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ। बैठकमा जम्मा ९ वटा एजेन्डा पेश गरिएका छन्।

    बैठकमा गगन थापा पनि उपस्थित छैनन्। केन्द्रीय सदस्य एनपी साउदले बरिष्ठ नेता पौडेल बैठकमा सहभागि नभएको बताए । ‘उहाँ पार्टी कार्यालयमा हुनुहुन्छ तर बैठकमा उपस्थित हुनुहुन्न । महामन्त्री कोइरालाले पारिवारिक कारणले गर्दा आफू बैठकमा उपस्थित हुननसक्ने सभापतिलाई जानकारी गराउनु भएको छ,’ साउदले भने ।

    पौडेल–सिटौला पक्षले बहिस्कार गरे पनि विभागको संख्या बढाउने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले बहुमतले पारित गर्न भने सक्छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार