२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लव समूहका स्याङजा इन्चार्ज पक्राउ


१८७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङजा जिल्ला इन्चार्जसहित दुई जना गाेरखामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय गाेरखाले सदरमुकामको घ्याम्पेशाल चोकबाट बिहीवार राति उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२७ का ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका-१ का ३२ वर्षीय जीवन क्षेत्री रहेको डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए ।पराजुली स्याङजा जिल्ला इन्चार्ज हुन् भने क्षेत्री सामान्य कार्यकर्ता रहेको उनले बताए । उनीहरु बिरुद्ध शुक्रवार सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डीएपसी शर्माले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार