२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कुशादेवी मा.वि.मा नर्स सेवा सुरु


३७३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । जिल्लाको पनौती नगरपालिकामा रहेको कुशादेवी माविमा नर्ससेवा शूरु भएको छ । प्रदेश ३ सरकारले एक विद्यालय एक नर्सको अभियान अन्तर्गत नमूनाका रूपमा एक पालिकाभित्रको एउटा माध्यमिक विद्यालयमा एक जना नर्सको व्यवस्था गरेसँगै उक्त माविमा सेवा थालनी गरिएको हो ।
    कुशादेवी माविमा नर्स सारदा सापकोटा मंसिर २ गते बाट हाजिरि भए संगै नर्सको नियुक्ति पाएर काम थालनी गरिरहेकी छिन् । नमूनाका रूपमा सो विद्यालयमा शुरु भएको अभियानमा अहिले विद्यार्थीलाई व्यक्तिगत सरसफाइका लागि परामर्श दिइरहेको र दैनिक कक्षा सञ्चालन भइरहेको नर्स सापकोटाले तेमाल अनलाइनलाई जानकारी दिईन् । ‘स्वास्थ्यबारे सचेत गराउनुका साथै खानपिनमा विशेषगरी ‘जंक फुड’ (पत्रु खाना) नखान विद्यार्थीलाई कक्षामा प्रशिक्षण दिने काम सकिसकेककी छु ।’ उनले भनिन्, ‘विद्यार्थीको हातखुट्टा लगायतका शरीरका विभिन्न ठाउँमा आएका घाउ खटिराको ‘ड्रेसिङ’ गर्ने काम पनि भइरहेको छ ।’ अरु थप उपचार लगायतका सामग्री भने नगरपालिका स्वास्थ्य शाखाबाट व्यवस्था गराउनुपर्ने भएकोले त्यसको व्यवस्थापन हुन बाँकी रहेको उनले बताइन् ।
    विद्यालयका प्रधानाध्यापक श्याम प्रसाद भुजुले सामग्री प्राप्त नभइञ्जेलसम्मका लागि विद्यालयमा नै भएको प्राथमिक उपचार बाकसमा भएका सामग्री प्रयोग गरी आवश्यक औषधि कुशादेवी स्वास्थ चौकिबाट ल्याएर यस कार्यक्रमलाई सफल बनाउन लगेको बताए।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार