२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकार कुट्ने तीन डिएसपीविरुद्ध मुद्दा


१९०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २, बुधबार मा प्रकाशित ४ साल अघि
  • तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) समापनका दिन समाचार संकलनका क्रममा आफ्ना खेल पत्रकारलाई कुट्ने प्रहरीलाई सजायको माग गर्दै नेपाल रिपब्लिक मिडिया प्रालीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

    २४ मंसिरमा साग खेल समापनको दिन नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईं दशरथ रंगशालाअगाडि प्रहरीले दर्शक पिट्दै गरेको फोटो खिच्ने क्रममा कुटिएका थिए।

    मिडियाको तर्फबाट मदन अर्याल प्रहरीबाट कुटिएका पत्रकार चापागाईंले दमनका उत्रेका प्रहरीविरुद्ध मंगलबार कुटपिट मुद्दा दर्ता गरेका खबर आजको नागरिक दैनिकले छापेको छ। कुट्ने प्रहरीलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना माग गर्दै मिडियाले मुद्दा दर्ता गरेको हो।

    चापागाईंले सोह्रखुट्टे प्रहरी वृत्तका डिएसपी सन्तोषसिंह राठोर, महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी रुगम कुँवर र बालाजु प्रहरी वृत्तका डिएसपी बालनरसिंह राणालेकुटेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार