२०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024

बम बनाउने सामग्रीसहित विप्लवका नेता समातिए


२२८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २, बुधबार मा प्रकाशित ४ साल अघि
  • २ पुस, सल्यान । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका जिल्ला नेता पदमबहादुर केसी पक्राउ परेका छन् । जिल्लाबाट खटिएको सुरक्षा टोलीले मंगलबार दार्मा गाउँपालिका–५, भगेँरी खोलाबाट जिल्ला समिति सदस्य पदमबहादुर केसीलाई पक्राउ गरेको हो ।

    उनको साथबाट बम बनाउन प्रयोग हुने सागम्री पनि बरामद भएका छन् । एक प्रहरी अधिकारीका अनुसार नं. ६ डेटोनेटर ५ वटा, नं. ३३ इलेक्ट्रिक डेटोनेटर दुई वटा, सेफ्टी फ्युज एक मिटर, सल्फ्युरिक एसिड (सोडा गन्धक) ३ सय ग्राम, आईईडीमा प्रयोग हुने छर्रा दुई केजी, भोल्टमिटर दुई वटा र ३०३ राइफलको एक राउण्ड गोली पनि बरामद भएको छ ।

    उनको साथबाट विप्लव समूहको पार्टी सदस्यता नवीकरण फारम २१ वटा, विधान २०६९, नेकपाको सांगठनिक प्रस्ताव, राजनीतिक प्रतिवेदन र घोषणा पत्र बरामद   गरेको प्रहरीले जनाएको छ । विष्फोटक पदार्थ बरामद गर्ने क्रममा नेपाली सेनाको टोली पनि पुगेको थियो ।पक्राउ परेका केसी र बरामद सागम्रीलाई विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सल्यान, खलंगा बुझाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार