२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पुष १० मा लाग्ने ग्रहण कुन कुन राषिको लागी खराब


३२७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर, ३ पुस । आगामी २०७६ साल पुस १० गते बिहीवार अर्थात् डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । सूर्य ग्रहण मूल नक्षत्र धनु राशीमा लाग्दै छ । ग्रहणको अवधि २ घण्टा ४९ मिनेट सम्म रहने छ ।

    नेपाली समयअनुसार बिहान ८ बजेर ४२ मिनेटबाट सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अवस्थामा रहनेछ र बिहानै ११ बजेर ३१ मिनेटमा पूर्ण रूपमा ग्रहणले छोड्ने छ । यतिबेला ग्रहणको बढी असर हुने गर्छ । ग्रहण संक्रमणकारक हुने हुँदा यसै पनि सूर्य ग्रहणमा चन्द्रमा अस्त हुन्छ र यतिबेला बुध, वृहस्पति र शनि पनि अस्त रहेको अवस्था छ ।
    ज्योतिषी दीपक सुवेदीले सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशीमा एकसाथ रहने भएकोले धनु राशीहरूमा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ्नसक्ने लगायतका विपरीत फलको भय हुने बताएका छन् । करिब छ वटा ग्रहहरू एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रूपमा हेरिरहेको छ ।धनु राशीमा लाग्ने ग्रहणको विभिन्न राशीमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, वृश्चिक, तुला, सिंह, कर्कट, वृष, मेष, मीन, राशीमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण हेर्नु हुँदैन । कन्या, मिथुन, कुम्भ तथा मकर राशी हुनेहरूका लागि भने विषेश फाइदा रहने देखिन्छ ।ग्रहण लाग्नुभन्दा १२ घण्टा अगाडिदेखि नै सुरु हुने सुतक लाग्ने हुँदा पुस ९ गते राति ८ बजेर ४२ मिनेटबाटनै बालक, वृद्ध तथा रोगीबाहेकले भोजन गर्न नहुने शास्त्रमा उल्लेख गरिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार