२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आगोमा जलेर एकको मृत्यु


२५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ५, शनिबार मा प्रकाशित ४ साल अघि
  • गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका ३ तोरीपाटामा गोठमा लागेको आगलागीमा परेर ४५ वर्षीय नरबहादुर नेपालीको मृत्यु भएको हो ।

    गएराति स्थानीय चिन्ता बहादुर सार्कीको गोठमा आगो लागेको र सोही गोठमा सुतेका नरबहादुरको जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । घटना बारे थप अनुसन्धानको लागि प्रहरी निरीक्षक चुरामणी पुनको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । आगलागीबाट गोठमा रहेका भैंसी र गोरुहरु पनि जलेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार