२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रथम सहिद कपको उपाधि विविसिलाई, प्रत्तेक वडामा खेल मैदान हुनुपर्छ-सांसद


२२३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ५, शनिबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/काभ्रे क्षेत्र नं २ प्रदेश (ख) बाट विजेता प्रदेश सांसद बसुन्धरा हुमागाईले खेल स्वस्थ्यको साथै राष्ट्रको लागि भएकोले स्थानिय तहका प्रत्तेक वडामा खेल मैदान हुनुपर्ने बताउनु भयो ।

    काभे्रको पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको पे्रम धर्म खेल मैदानमा भएको प्रथम सहिद स्मारक खेलको समापन गर्दै सांसद हुमागाईले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो —“भौगौलिक अवस्था र आवश्यकताको पहिचान गर्दा सहिदको नाममा निर्माण भएको पे्रम धर्म खेल मैदान क्षेत्रिय खेल मैदानको रुपमा विकास गर्न आवस्यक छ । ”क्षेत्रिय रंगशालाको लागि उचित स्थान भएकोले सो कार्यको लागि आफुले प्रदेशको तर्फबाट सक्दो सहयोग गर्ने बताउंदै स्थानिय तहका जनपतिनिधिहरुले समेत पहल गर्नुपर्ने बताउनु भयो ।

    समापन कार्यक्रममा मण्डन उपत्येका सामाजिक उत्थान केन्द्रिय कोषाध्यक्ष विष्णुहरी पौडेलले खेलकुुदको माध्यमबाट युवाहरुलाई स्वस्थ राख्न साथै पाँचखाललाई अन्तराष्ट्रिय स्तर सम्म परिचय गराउने बिषयमा आफु लागि रहने बताउनु भयोे । त्यसैगरी पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले पाँचखालको वडा नं ६ मा रहेको दुबै खेल मैदानको स्तर उन्नतिको लागि व्यक्तिगत तथा वडाको तर्फबाट समेत पहल गर्ने बताउनु भयो ।

    मंसिर २८ बाट सुरु भएको प्रथम सहिद स्मारक कप आज (शनिबार) समापन भएको छ । उक्त फुटबल खेलमा सहभागि १० टिम मध्य बनेपामा रहेको विविसि टिमले प्रथम हुदै उपाधि हासिल गर्न सफल भएको छ । प्रथम हुने उक्त टिमलाई नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यसैगरी उप विजेता पाँचखालमा रहेको पुफाले चुम्न सफल भएको छ । दोस्रो स्थान हासिल गर्न सफल भएका पुफा टिमलाई नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

    पाँचखालमा रहेको जागरुक युवा क्लबको आयोजनामा भएको प्रथम सहिद स्मारक कप खेलमा बिभिन्न जिल्लाबाट १० टिम सहभागि भएका थिए । खेललाई सहज ढंगबाट सम्पन्न गर्नको लागि प्रायोजकमा पे्रम धर्म वचत तथा ऋण संहकारी संस्थाले भुमिका निर्वाह गरेको छ भने सह—प्रायोजकमा लामा आल्मोनियम र बिशेष सहयोगी संस्थाको रुपमा पाँचखाल युनाईटेड फुटबल रहेको छ ।

    खेलमा प्रथम हुनेको लागि नगद १ लाखको व्यवस्था मण्डन उपत्यका सामाजिक उत्थानले गरेको थियो भने दितिय हुनेको लागि नगद ५० हजार पे्रम धर्म वचत तथा ऋण संहकारी संस्थालले उपलब्ध गराएको थियो ।

    क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समापन कार्यक्रममा पाँचखाल वडा नं २ का वडा अध्यक्ष हरिराम खतिवडा, वडा नं ७ का वडा अध्यक्ष पुष्कर ढकाल, नेकपाका युवा नेता कंञ्चन अधिकारी, मणिराम गौतम, राजकुमार श्रेष्ठ, रमेश गिरी लगायतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार