२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

थारु समुदायकाे परम्परागत सीप विकास तालिम सम्पन्न


२०३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ७, सोमबार मा प्रकाशित ४ साल अघि
  • धिराज कोरी, कपिलवस्तु,

    ७ पुष कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ८ ढोडेकोलमा थारु समुदायको परम्परागत सीप विकास तालिम थारु मादल र ढकिया बुन्ने तालिम सम्पन्न भएको छ ।

    वाणगंगा नगरपालिका वडा नं ८ को कार्यालयमा उक्त कार्यक्रम गरिएको हो । प्रदेश सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व कृषिमन्त्री चक्रपाणी अर्यालको विशिष्ट आतिथ्यता रहेको कार्यकम्रमा बोल्दै वाणगंगा नगरपालिका वडा नं ८का वडा अध्यक्ष गुणानिधी भुसालले ढकियाहरु राम्रो भएमा आफूले उक्त सामाग्रिको अन्यत्रै बजारिकरण गरिने प्रतिबद्धता जनाउदै थारु समुदायले पुराना लोप हुदैँ गएको संस्कृति,सीप,कलालाई जोगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

    पहिलेको तुलनामा अहिले पुराना संस्कृतिका सामाग्रीहरु निकै लाप हुदैँ गएको हुनाले आगामी दिनहरुमा यसको संरक्षणका लागी आफू लागी परेको बताउँदै सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको हो । त्यस्तै कार्यक्रममा बोल्दै चक्रपाणी अर्याल –बलदेव)ले प्रशिक्षक रामवली चौधरीलाई धन्यावाद दिदैँ ढोडेकोलमा सीपमूलक तालिमलाई अझ प्रभावकारीता बनाउनका लागी सम्पूर्णलाई आग्रह गर्नु भयो ।

    नगरमा उत्पादन गरेका आफ्नै सीपलाई निरन्तरता दिनुपर्ने र आफ््नो संस्कृतिलाई जोगाउनु पर्ने बताउनु भएको छ । प्रदेश सांसद पन्थीले थारु संग्राहलय निर्माण गर्ने र पर्यटकिय बनाउने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा तालिम प्राप्त सम्पूणलाई प्रमाण पत्र प्रदान गरिएको छ । कल्याणकारी कोषाध्यक्षको स्वागत मन्तव्य तथा रामबहादुर चौधरीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रमको समापन थारु समुदायका परम्मरागत सिप विकास समितिका अध्यक्ष नाथुराम थारुले गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार