२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

१ हजार ७ सय कर्मचारी कारवाहीमा


१८६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राष्ट्रिय सर्तकता केन्द्रको अनुगमनक क्रममा एक हजार ७ सय ६० कर्मचारी कारबाहीमा परेका छन् । केन्द्रका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि मंसिर मसान्तसम्म स्थानीय तहका विभिन्न १ सय ६७ कार्यालयमा गरेका अनुगमनबाट कारबाही सिफारिस गरिएको हो ।

    अनुगमनक्रममा १ हजार ४ सय ४५ कर्मचारीले समय पालना नगरेको र ३ सय १५ ले तोकिएको पोसाक नलगाएको पाइएको छ । केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालका अनुसार सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्र कारबाही भएको छ ।

    सिफारिस गरेका कर्मचारीलाई सम्बन्धित कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्ने केन्द्रले धेरै कार्यालयले कर्मचारीलाई कारबाहीमा ढिलाइ गरेको भन्दै कार्यालय प्रमुखलाई नै सिफारिस गर्ने तयारी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार