२०८१ चैत्र ९, शनिबार | Sat, 22, Mar, 2025

समाजवादी पार्टीले सरकार छाड्ने


२६१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ८, मंगलबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौँ — समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । औपचारिक निर्णय आजै बस्ने संसदीय दलले गर्ने भए पनि पार्टीको पदाधिकारी बैठकले सरकारले छोड्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद् विस्तारको केही समयमा नै पार्टीले सरकार छोड्ने निर्णय गर्नुमा सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावलाई मुख्य कारण मानिएको छ।

    यादवले संविधानमा रहेको अस्पष्टता र अपूर्णता पूरा गर्नका लागि अब संविधान संशोधनको समय भएको भन्दै प्रस्ताव प्रस्तुत गरेका थिए। यो प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि पार्टी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो। यसका अलावा राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका लागि सत्तारुढ नेकपाले अर्को मधेसवादी दल राजपासँग सहकार्य गर्ने सहमति गरेलगत्तै समाजवादी सिंहदरबारबाट बाहिरिने अनुमान गरिएको थियो।

    उपेन्द्र यादवको प्रस्तावमा संविधान संशोधनका लागि विज्ञ समिति गठन गर्ने प्रस्ताव गरिएको थियो। ख्यातिप्राप्त संविधानविद् वा सर्वोच्च अदालतका पूर्व न्यायाधीश मध्येबाट सरकारले तोकेको व्यक्तिलाई अध्यक्ष तथा नेपाल कानुन आयोगका अध्यक्ष, कानुन आयोगका उपाध्यक्ष, न्याय तथा कानुन मन्त्रालयले तोकेका संविधानविद् ३ जना सदस्य रहने गरी विज्ञ समिति बनाउने प्रस्ताव यादवको थियो। यसको सदस्य सचिवमा कानुन मन्त्रालयले तोकेको सचिव रहने प्रस्ताव थियो।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु