२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा गणेश मन्दिरको सिलन्यास


२२९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले वजारमा गणेश मन्दिरको शिलन्यास भएको छ । ऐतिहासिक एवं पुरातात्वीक कृष्ण मन्दिरको परिसरमा उक्त मंन्दिरको मंगलबार एक कार्यक्रमको विच शिलन्यास भएको हो ।

    पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालको प्रमुख आतिथ्यतामा
    लिन्यास कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि दुलालका अनुसार ऐतिहासिक कृष्ण मंन्दिर परिसरलाई व्यवस्थित गर्नको लागि नगर तथा वडाबाट गरी ७ लाख वजेट व्यवस्था गरेको बताउनु भयो । उहाँले थप्नुभयो मन्दिरको महत्वलाई बुझ्दै मण्डन उपत्येका सामाजिक उत्थानबाट २ लाख उपलब्ध भएकोमा खुसि व्यक्त गर्नुभयो ।

    पर्यटन बर्ष २०२० लाई लक्षीत गर्दे ऐतिहासिक कृष्ण मन्दिरको परिसरमा थप व्यवस्थापन सहित गणेशको मंन्दिर राख्न लागेको उपभोक्ता समितिका अध्यक्ष निरञ्जन ढुंगानाले बताउनु भयो । अध्यक्ष ढुंगानाक अनुसार पाँचखाल नगरपालिका बाट ५ लाख पाँचखाल वडा नं ६ बाट २ लाख र मण्डन उपत्येका सामाजिक उत्थानबाट २ लाख समेत गरी उपलब्ध भएको ९ लाखले मंन्दिरको संरक्षण साथै गणेशको मुर्ती व्यवस्था गर्ने तयारी गरेको बताउनु भयो ।
    उपलब्भ भएको ९ लाख बजेटबाट कृष्ण मन्दिर परिसरमा गणेको मुर्ती राख्नाको साथै मन्दिरको हातामा कम्पाउण्ड, प्रवेश द्वार लगाएत मन्दिरको परिसरमा आगन व्यवस्थित गर्ने भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार