२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वाणगंगा मा फुड फेस्टिबल महोत्सव सम्पन्न कपिलवस्तु


१७९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ९, बुधबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी

    कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा अवस्थित लिटिल स्टार सेकेन्डरी इङ्गलिस बोर्डिङ्ग स्कुलमा मंगलबार फुड फेस्टिबल महोत्सव सम्पन्न गरिएको छ ।

    इन्टरनेशनल स्कूल अवार्ड (आइ.एस.ए) परियोजना प्रदेश नं ५ अन्र्तगत स्थानिय थारु खानाका परिकारहरु र अन्य स्थानिय खानाका परिकारहरु बनाई शिक्षकको क्रियाकलाप अन्र्तगत स्थानिय खाना महोत्सव सञ्चालन भएको हो । महोत्सवमा प्रदेश पाँचका सांसद विष्णु पन्थीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सांसद पन्थीले विद्यालयले आई.एस.ए अर्थात इन्टरनेशनल स्कूल अवार्ड प्राप्त गर्न सफल होस भन्दै शुभकामना दिनुभयो ।

    त्यस्तै नगरपलिका भित्र सबैकुराले सम्पन्न विद्यालयहरु हुँदा हुँदै पनि यहाँका विद्यार्थीहरु शिक्षा प्राप्त गर्न बाहिर जानु बिडम्बना भएको भन्दै वाणगंगा नगरपालिका शिक्षाका क्षेत्रमा कुनैपनि तवरबाट कमजोर नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले नगरपालिका र प्रदेश सरकार दुवै मिलेर लागेमा शिक्षामा अझ धेरै गुणस्तर आउने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।

    त्यस्तै नगरपालिका शिक्षा शाखा प्रमुख बावुराम भट्टराई, नगर प्रमुख मंगलप्रसाद थारु, उप प्रमूख चक्रपाणी अर्याल र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न परिकारका खानाको प्रर्दशनी गरिएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु,जनप्रतिनिधी,समाजसेवी बुद्धिजीबीहरु लगाएतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार