२०८१ चैत्र १३, बुधबार | Wed, 26, Mar, 2025

समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता


३४०८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ९, बुधबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौँ — समाजवादी पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष उपेन्द्र यादवले बुधबार पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । 

    ‘संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन भएको केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई आजैका मितिदेखि लागु हुने गरी संसदमा प्रतिपक्षमा रही रचनात्मक र श्रृजनात्मक रुपले सकारात्मक भूमिका निर्वाह गर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।मंगलबारमात्रै सरकारबाट बाहिरिने निर्णय गरेको समाजवादी पार्टी २०७५ जेठ १४ गते २ बुँदे सहमति गर्दै सरकारमा सहभागि भएको थियो। सहमतिका संविधान संशोधन गर्ने मुख्य माग थियो।

    पार्टीका तर्फबाट ओली सरकारमा अध्यक्ष यादव उपप्रधानमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री र मोहम्मद इत्तिह्याक राई सहरी विकास मन्त्री थिए।

    संघीय संसद अर्न्तगतको प्रतिनिधिसभामा समाजवादी पार्टीका १७ सांसद छन्। समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै ओली सरकारको दुई तिहाई मत गुमेको छ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु