२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

वडा कार्यालय र स्वस्थ्य चौकी निर्माणको लागि जग्गा दान


२१०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ११, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी

    कपिलवस्तु,पुष ११/विजयनगर कपिलवस्तु जिल्ला काे विजयनगर गाउँपालिका अन्तर्गत वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणका लागी स्थानीयले जग्गा दान गरेका छन् ।

    बिहीबार वडा अध्यक्ष प्रेम बहादुर कलवार र स्थानीय बासिन्दाको बिचमा भएको छलफलमा दुई जनाले वडा कार्यालय भवन निर्माणार्थ जग्गा दान गरेका हुन । वडा नम्बर ६ खडैचा निवासी सन्तराम मौर्य र प्रेम नारायण मौर्यले डेढ कठ्ठा जग्गा ६ नम्बर वडा कार्यालय भवन निर्माणका लागी दान गर्नुभएको छ । त्यस्तै वडा नम्बर ६ कै स्वास्थ्य चौकी निर्माणका लागि पनि जग्गा दान गरिएको छ ।

    वडा नम्बर ६ बद्धौर निवासी लाल गोपाल पङ्गेनीले एक कठ्ठा, सोही स्थानका सुरज थापा र रणबिर थापाले दश–दश धुर जग्गा स्वास्थ्य चौकी निर्माणका निम्ती दान गर्नु भएको हो । जग्गा दान भएपछी अब ६ नम्बर वडा कार्यालयको भवन खडैचाको पश्चिम तर्फ बद्धौर जाने सडकको दक्षिण पट्टि र स्वास्थ्य चौकी भने बद्धौर स्थित जन जागृती आभारभुत विद्यालयको पछाडी पट्टि बन्ने वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारिदिनु भएको छ । अध्यक्ष कलवारले जग्गा दाताहरुलाई धन्यबाद दिदै यस उदाहरणीय कार्यको प्रसंसा पनि गर्नु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार