२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

छतबाट खसेर बालिकाको मृत्यु


१७६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष ११, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, ग्रिनल्याण्डमा घरको छतबाट खसेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय ग्रिनल्याण्ड स्कुलमा अध्ययनरत् अनिषा पौडेलको मृत्यु भएको हो ।

    महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले नवशंकेत अनलाईन लाई जानकारी दिएअनुसार बुधबार पौडेल स्कुलबाट फर्किएर खेलिरहेका बेला ५ तलामाथिबाट खसेकी थिइन् ।छतबाट खस्दा कम्पाउण्डको बारमाथि लगाइएको धारिलो रडमा उनी खोपिइन् । लगत्तै आफन्त र नजिकै रहेको प्रहरी चौकी टोखाका अधिकृतहरु पुगे ।

    ‘प्रहरी र स्थानीयले केहीबेरमै रड काटेर बालिकालाई ग्राण्डी अस्पताल पुर्‍याएका थिए’, लम्सालले भने, ‘तर, अस्पतालले मृत घोषित गरिदियो ।’रड काट्दासम्म बालिका जीवितै रहेको स्थानीयवासीको भनाइ छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोष्टमार्टम गरेपछि पौडेलको अन्त्येष्टि गरिसकिएको जनाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार