२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

लाईसेन्सको भरमा कमिसन खानेको लाईसेन्स खारेज


१६८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १२, शनिबार मा प्रकाशित ४ साल अघि
  • ग्यास उद्योग सञ्चालनको लाइसेन्स लिएर कमिसन खान पल्किएका व्यवसायीको लाइसेन्स अनुमति खारेज गरिने भएको छ । नेपाल आयल निगमले ९० दिनको सूचना प्रकाशन गरी अनुमति खारेज गर्न लागेको हो । नर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र प्रोडक्ट डेलिभरी अडर (पीडीओ) लिन नआए अनुमति खारेज हुने निगमले जनाएको छ ।

    एलपी ग्यास उद्योग निर्माणको अनुमति लिएका व्यवसायीले उद्योग सञ्चालनमा भने अनिच्छा देखाएका छन् । पाँच वर्षअघि ग्यास उद्योग निर्माणका लागि नेपाल आयल निगमबाट अनुमति लिएका व्यवसायीहरूले निर्माण सम्पन्न गरी पीडीओ लिन आएका छैनन । पीडीओ लिन नआएपछि निगमले ९० दिनको सूचना जारी गरेको हो ।

    निर्माण कार्य सम्पन्न गरी ९० दिनभित्र लिन नआए अनुमति खारेज गरिने निगमले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार