२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अन्तरघात गर्ने १३ जनालाई नेकपाले कारबाही गर्दै


२७३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १२, शनिबार मा प्रकाशित ४ साल अघि
  • दाङ । नेकपा दाङले घोराही–१६ मा स्थानीय तहको चुनावमा अन्तरघात गरेको भन्दै पार्टीका नेता, कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गरेको छ । नेकपा घोराही–१६ को वडा कमिटिले वडाबाट पार्टीको घोराही उपमहानगर कमिटिमा १३ जनालाई वडा अध्यक्षको चुनावी अभियानकाक्रममा पार्टीका कार्यक्रममा संलग्न नभएको भन्दै कारवाहीको सिफारिस गरेको हो ।

    पार्टीको हालै सम्पन्न समिक्षासहितको वडा कमिटिको बैठकले नगरसदस्य लालमति बुढा, भान सिंह बुढा, खलु पुनसहित १३ जनालाई पार्टीको चुनावी अभियानमा संलग्न नभएको र पार्टीको आधिकारीक उम्मेद्वारलाई असहयोग गरेको भन्दै पार्टीको उपमहानगर कमिटिमा कारवाहीका लागि सिफारिस गरिएको पार्टीको उपमहानगरपालिका कार्यालय सदस्य रमेश आचार्यले जानकारी दिए ।

    आचार्यले यो बारेमा पार्टीका नेता सुरामणि वेल्वासेमार्फत पार्टीको प्रदेश आयोगबाट खटिएका नेताहरुलाई जानकारी दिइसकेको बताए । १६ नम्बर वडाका तत्कालिन वडाअध्यक्ष स्व. लछिन बुढा मगरको बिरामी भएका कारण उपचारको क्रममा निधन भएपछि त्यो वडामा उपनिर्वाचनन भएको थियो ।

    कारवाहीका लागि वडाबाट सिफारिस भएकामध्ये लछिनकी धर्मपत्नि लालमति पार्टीको घोराही उपमहानगर सदस्य हुन् भने उनकै भाई भानसिंह बुढा उनी उपमहानगर कमिटि सदस्य हुन् । लछिनकै साला नाता पर्ने खलु पार्टीको घोराही ६ का वडा अध्यक्ष हुन् । यसअघि चुनावकै बेला नेकपाका जिल्ला अध्यक्ष टिकाराम खड्काले पार्टीको उप निर्वाचनमा असहयोग गरेको भन्दै बागी उम्मेद्वारी दिएका जगलाल चौधरीलाई कारवाही गरिएको भन्दै विज्ञप्ती जारी गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार