२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आय आर्जनको सहकारीको वार्षिक साधारण सभा सम्पन्न


२२३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १३, आईतबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/आय आर्जन वचत तथा ऋण सहकारी संस्था लि.,पाँचखाल —४को दशौं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा पाँचखाल नगरका मेयर महेश खरेलको प्रमुख आतिथ्यतामा संस्थाका ७५% शेयर सदस्यहरुको उपस्थितिमा “आय आर्जन गरी आफ्नो स्तर बृद्धि गरौं” भन्ने नारा सहित सुसम्पन्न भयो ।

    उक्त साधारण सभामा बोल्दै प्रमुख अतिथि महेश खरेलले आय आर्जन सहकारीले पाँचखाल भेगका वासिन्दाहरुको जिवन परिवर्तनमा व्यवसायिक बन्न, वचत र ऋणको माध्यम बाट ठुलो मद्दत गरेको बताउनु भयो । गाउँगाउँमा धेरै आर्थिक र सामुदायिक विकासका सहयोग पु¥याएको र सहकारीको मूल्य र मान्यता अनुरुप सहकारी चलेको जानकारी पाएको भन्दै यस पाँचखाल वासिको विकास निर्माणको समग्र विश्लेषण गर्नुभयो ।

    कार्यक्रममा सिद्धार्थ वहुमुखि सहकारी संस्थाका अध्यक्ष विदुर प्र. घिमिरे, काभ्रे पत्रकार महाँसंघ काभे्रका उपाध्यक्ष रमेश प्र न्यौपाने, नवशंकेत अनलाईका सम्पादक इश्वरि राजकुमार मैनाली, ग्रामिण महिलाविकास वहुउद्देश्य सहकारी संस्थाली.की अध्यक्ष सरस्वति चिमोरिया, पाँचखाल वडा नं.४ का वडा अध्यक्ष सुन्दर लामा, वडा नं.१० का वडा अध्यक्ष नारायण प्र. सापकोटा र सफलव्यवसायि माइली दनुवार लगायतले संस्थाको उत्तरोतर प्रगतिको शुभकामना मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रममा संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा द्वारा प्रमुख अथिति लगायत अतिथिहरुलाई मयाको चिनो साथै वर्षको उत्कृष्ठ वचतमा भिम वहादुर तामाङ्ग, संस्थामा सहयोग गर्नुहुने सूर्य लक्ष्मि श्रेष्ठ, उत्कृष्ठ वालबचत प्रकृति श्रेष्ठ, अशल ऋणि भुवन श्रेष्ठ, एस.इइमा उत्कृष्ठ नतिजा ल्याउने आयुस्मा सापकोटा र उत्कृष्ठ कर्मचारी उमा थापालाई प्रसंसा पत्र, उपहार र नगद पुरस्कार प्रदान गरिएको थियो । संस्थाका सदस्य मेघ कुमारी वानीयाको निधन भएकोमा उहाँकी छोरी रुपावा नियालाई सहयोग स्वरुप रु.२०००– नगद प्रदान गरिएको थियो । संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको कार्ययोजना सचिव राजु सिग्देलले प्रस्तुतगर्नु भएको थियो ।

    आ.व.२०७५/२०७६ को वार्षिक लेखा प्रतिवेदन तथा आ.व.२०७६/२०७७ अनुमानित वजेट कोषाध्यक्ष युवराज प्याकुरेल र लेखा समितिको प्रतिवेदन लेखा तथा सुपरवेक्षण समितिका संयोजक बैकुण्ठ प्रसाद न्यौपाने, ऋण उपसमितिको प्रतिवेदन संयोजक डोरनाथ गोतामेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य झलकुमारी दुलालले गर्नु भएको थियो । उक्त साधरण सभाले रिक्त संस्थाको उपाध्यक्ष पदमा लक्ष्मि दनुवार र सदस्य पदमा श्रृजना परियारलाई सर्व सम्मत चयन गरेको छ । कार्यक्रमको संचालन संचालक समिति सचिव राजु सिग्देलले गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन समितिका संयोजक जयराम घिमिरेर सदस्य संजिता श्रेष्ठ र उपस्थित शेयर सदस्यहरुको उपस्थितितथा परिवहन खर्च वितरण प्रबन्धक मन्जु शाहले नेतृत्वको टोलिले गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार