२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

चर्चमा गोली चल्दा ३ को मृत्यु


१७५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १४, सोमबार मा प्रकाशित ४ साल अघि
  • अमेरिकाको टेक्सासस्थित एक चर्चमा प्रार्थना भइरहेको समयमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेर ५० मिनेट जाँदा चर्चमा गोली चलेको हो ।सामाजिक सञ्जालमा लाइभ समेत भइरहेको प्रार्थनाका क्रममा एक जना बन्दुकधारी उभिएर अन्धाधुन्ध गोली चलाएका हुन् ।

    टेक्सासको फोर्ट वार्थ नजिकैको ह्वाइट सेटलमेन्टमा रहेको वेस्ट फ्रीवे चर्च अफ क्रिष्टमा सो घटना भएको हो । प्रार्थनाका लागि बेन्चमा बसेका बन्दुधारीले एकाएक उठेर गोली चलाएका हुन् । बन्दुकधारीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भयो । चर्चमा आएका अर्का व्यक्तिले आक्रमणकारीमाथि गोली चलाए र आक्रमणकारीको पनि मृत्यु भयो । आक्रमणको कारण वा उद्देश्य के थियो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार