२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कर्मचारीको व्यवस्थापनको लागी मन्त्रीको घरमै पुगे पालिका अध्यक्ष


१९३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १४, सोमबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी
    मंसिर १४ गते, कपिलवस्तु—कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले सामान्य प्रशासन तथा स्थानीय विकास मन्त्री हृदेश त्रिपाठीलाई भेटेर कर्मचारीको समस्या दर्साउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ ।

    आइतवार मन्त्री त्रिपाठीको निवास काठमाडौंमै अध्यक्ष थापाले कर्मचारी समस्या समाधानका लागि पुग्नु भएको हो । भेटमा उहाँले गाउँपालिका भित्र कर्मचारीको अभाव भईरहेको विभिन्न समस्यालाई मध्येनजर गर्दै मन्त्री त्रिपाठीलाई भेटेर कर्मचारीको मागसहित जानकारी गराउनु भएको छ ।

    विजयनगर गाउँपालिका कपिलवस्तुको सबै भन्दा विकट क्षेत्र भएकोले यहाँ कर्मचारीहरु आउन नमान्ने हुँदा विभिन्न कामहरु समयमै गर्न गाह्रो भएकाले तत्काल कर्मचारीको व्यवस्थापनका लागि थापाले माग गर्नु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार