२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

पाँचखाल नगरको चौमासिक समिक्षा सम्पन्न


१६०६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/ पाँचखाल नगरपालिकाले आ.व. २०७६÷०७७ को प्रथम चौमासिक समिक्षा एवं सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । साठ्ठीघर भगवती स्वास्थ्य केन्द्रमा आयोजना गरेको सुनुवाई कार्यक्रम वडा नं ९ अध्यक्ष किरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो ।

    कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारीले समग्र नगरका प्रगतिका विषयमा कुरा राख्नुभएको थियो भने शाखा अधिकृत राजेश बञ्जाराले चौमासिक प्रगति प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रममा शिक्षाको विषयमा शिक्षा शाखा प्रमुख दीनानाथ पन्थी, स्वास्थ्यको विषयमा उज्वल अधिकारी, पशु विकासको विषयमा दत्तप्रसाद गौतम, कृषिको विषयमा इश्वर अधिकारी, आर्थिकको विषयमा रामजी रायमाझी, राजस्वको विषयमा पुस्पमाया दनुवार, महिला विकासको विषयमा पुण्यदेवि श्रेष्ठ, सामाजिक सुरक्षाको विषयमा पदम दनुवारले प्रगति भएका विषयमा प्रस्तुती दिनुभएको थियो ।

    सार्वजनिक सुनुवाई कार्यक्रममा बार्षिक बजेट, वित्तिय प्रगती, आन्तरिक आय, योजनाको प्रगति, न्यायिक सुनुवाई, सामाजिक सुरक्षा भत्ता, शिक्षक पदस्थापन, नगरका स्वास्थ्य क्षेत्रका ससर्त कार्यक्रम, कृषि विकास, पशुपंक्षि विकास, नगरपालिकाले गरेका महत्वपूर्ण सम्झौता तथा निर्णयहरु, पुननिर्माणका विषयमा छलफल भएको थियो ।

    कार्यक्रममा नगरपालिका प्रवक्ता संजय तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशाशकिय अधिकृत भण्डारी, वडा अध्यक्षहरु सुन्दर अधिकारी, वडा नं १२ का अध्यक्ष गोपाल दनुवार, वडा नं १३ का अध्यक्ष सुकविर तामाङ, पाँचखाल उद्योग बाणिज्य संघका उपाध्यक्ष नविनप्रकास निरौला लगायत नगरका विभिन्न शाखा प्रमुखको उपस्थित हुनुहुन्थ्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार