२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जेष्ठ नागरिकबाट आशिर्वाद लिने काम गर्नुपर्छ- लम्साल


१७२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/प्रदेश सभा सांसद लक्ष्मण लम्सालले जेष्ठ नागरिकबाट आशिर्वाद लिने ढंगको कार्य गर्नुपर्ने बताउनु भयो । अभिभावकले देखाएकोबाटो निरन्तर रुपमा पहिल्याउंदै अभिभावकहरुको सम्मान गर्नुनै समाजको साथै घरपरिवारको कर्तव्य भएको बताउनु भयो ।

    पाँचखाल वडा नं ६ ले आयोजना गरेको जेक्ष्ठ नागरिक सम्मन कार्यक्रमको उद्घाटन गर्दै सांसद लम्सालले उक्त धारणा राख्नुभएको थियो । कार्यक्रममा उहाँले थप्नुभयो—पाँचखाल पडा नं ६ को तिनपिप्ले बजारमा पिउने पानीको अभाव भएकोले सो समस्याको समाधानको लागि प्रदेश सरकार मार्फत ५० लाख बजेटको व्यवस्था गरेको बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि सांसद लम्सालले थप्नुभयो पाँचखालमा भएको पानीको अभावलाई निमिट्यान्न पार्नको लागि बृहत खानेपानी योजना संञ्चालन हुन लागेको बताउनु भयो । बृहत खानेपानी योजना संञ्चालन हुनु भन्दा अगाडीको अभावलाई मध्यनजर राख्दै तिनपिप्ले बजारमा पानीको व्यवस्थाको लागि प्रदेशबाट वजेटको व्यवस्था गरेको बताउनु भयो ।

    उहाँले बृद्ध बृद्धा प्रति लक्षीत गर्दै बृद्ध बृद्धाको सम्मान गर्नु हाम्रो कर्तव्य रहेको बताउनु भयो । जेष्ठ नागरिले देखाएको बाटोलाई नविराईकन अगाडी बढ्दा समाजको हित हुने ठोकुवा गर्नुभयो । जेस्ठ नागरिकको सेवा र सम्मानले सकारात्मक मार्ग निर्धारणमा टेवा मिल्ले बताउंदै आफ्नो पिता माताहरुको संरक्षणमा उचित ध्यान दिनुपर्ने बताउनु भयो ।

    वडा अध्यक्ष रामशरण दुलालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उत्कृष्ट जेष्ठ सदस्य गंगाधर गौतम र ठुलीमायाँ तामाङलाई बिशेष सम्मान गरेको थियो । त्यसैगरी वडामा रहेका अन्य २०१ जना जेस्ठ नागरिकहरुलाई सम्मान सहित न्यानो कपडा वितरण गरेको थियो । वडा सचिव तारादेवि राउतले संञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाँचखाल नगरका कार्यपालिका सदस्य, वडा सदस्यहरु, बुद्धिजिविहरु साथै स्थानियहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार