२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा सचिवालयको निर्र्णयले गर्दा झस्कियो काभ्रेली 


२२२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं/प्रदेश सभा गठन भएको झण्डै तीन बर्ष पार हुनलाग्दा पनि प्रदेशको नाम र राजधानीको टुंगो लगाउन नसकिरहेको अवस्थामा सत्तापक्ष नेकपाको सचिवालयले ३ नं प्रदेशको नामाकरण र राजधानीको बारेमा निर्णय गरेको छ ।

    नेकपाको सचिवालयले गरेको निर्णय अनुसार हेटौडालाई ३ नं प्रदेशको राजधानी बनाउने साथै प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको छ । सरकार चलाई रहेको पार्टी नेकपाको सचिवालयले गरेको निर्णको बिषयमा चौतर्फी ढंगबाट बिरोध आएको छ ।
    राजधानी तोक्दा सवै जिल्लालाई पाएक पर्नेगरी केन्द्रमा हुनुपर्नेमा हेटौडा केन्द्र नरहेको भन्दै नेकपाकै प्रदेश सभा सांसदहरुले विरोध जनाएका छन् । काभे्रवाट निर्वाचित प्रदेश सभा सांसदहरु बसुन्धरा हुमागाई, चन्द्र लामा, लक्ष्मण लम्साल र रत्न ढकालले खुलेरै नेकपा सचिवालयको निर्णय नमान्य भन्दै अभिव्यक्ति दिदै आएका छन् ।

    नेकपा सचिवालयको निर्णयको विरुद्ध काभे्र बाहेक अन्य जिल्लाका प्रदेश सभा सांसदहरुले समेत विरोध गरेका छन् । त्यसैगरी काभे्रली जनताले नेकपाको सचिवालयले गरेको निर्णयलाई लिएर पार्टीले काभे्रलाई कुन ढंगले हेरेको रहेछ भन्दै मुल्याङ्कन गर्ने अवसर पाएका छन् । बाम किल्लाको रुपमा अगाडी बढेको काभे्रलाई नेकपाको सचिवालयले गरेको निर्णयले गर्दा झस्काएको छ । राजधानिको निर्णयले गर्दा काभे्रली जनताको नजरमा मात्र नभएर ललितपुर र भक्तपुरका जनतामा समेत नकारात्मक शंदेस गएको छ ।

    ३ नं प्रदेशको राजधानीको बिषयमा बिगत लामो समयदेखि बहसको बिषय बन्दै आएको छ । राजधानिको लागि उपयुक्त स्थान मध्य काभे्र पनि रहेकोले काभे्रलीले राजधानीको लागि आशा गरेका थिए । त्येसैगरी भक्तपुर ललितपुरले पनि आशा नगरेका होईनन् । नेकपाका कार्यकर्ताहरुलाई सचिवालयले गरेको निर्णय कवाफमा हड्डी सावित हुन पुगेको छ । राजधानिको बिषयमा बिवाद भएपछि पार्टीले हस्तक्षप नगरी शंवैधानीक प्रकृया (प्रजातान्त्रिक बिधि) अनुसार अगाडी बढ्न छुट दिनु पर्नेमा पार्टी हस्तक्षपले गर्दा नकारात्मक शंदेस दिएको छ ।

    नेकपा सचिवालयले राजधानि हेटौडालाई तोेक्ने निर्णय भएपछि प्रदेश ३ सरकारले प्रदेशसभा अधिवेशन पुस २१ गते आहृवान गर्न सिफारिस गरेको छ । हेटौंडामा बसेको मन्त्रिपरिषदको बैठकले पाँचौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको भोलिपल्टै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार