बनेपा/पुर्व उर्जा राज्य मन्त्री एवं नेकपाका प्रभावसालि नेता शुर्यमान दोङ्ग लालध्वजले नेकपा सचिवालयले संविधान विपरित निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । उनले थपे “सचिवालयले गरेको निर्णयको बिरुद्धमा कढा ढंगबाट उत्रिनु पर्ने अवस्था आयो।” एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका संयोजकको समेत जिम्मेवारी सम्हाल्दै आउनु भएका दोङले ३ नं. प्रदेशको नामकरण र राजधानी सम्बन्धमा पुनर्विचार गर्न नेतृत्वसँग माग गरेका छन् ।
प्रभातफेरी टोलीसंगको भेटमा दोङले नेकपा सचिवालयले गरेको निर्णय संविधान विपरीत र अलोकतान्त्रिक भएको बताए । नेकपा सचिवालयबाट भएको निर्णय आम जनताको मर्म र भावनाविपरीत भएकोले कुनैपनि हालतमा सच्याउनु पर्ने बताए ।
संविधानले प्रदेशको नामकरण र राजधानी सम्बन्धित प्रदेशका सदस्यहरुमध्ये दुईतिहाई बहुमतले तोक्न सकिने व्यवस्था गरेको छ । त्यसो त, संविधान अनुसार प्रदेशको राजधानी र नामाकरण प्रदेशका दुईतिहाई सदस्यहरुले मत जाहेर गरे बमोजिम नै टुंगिनुपर्छ । तर, यस सम्बन्धमा हाम्रो पार्टी नेकपा सचिवालयले जुन ढंगबाट ३ नं. प्रदेशको राजधानी र नामकरणको सम्बन्धमा निर्णय गरेको खबर छ, यो आम जनताको भावनासँगै संविधान विपरीत भएको बताए ।
प्रतिक्रिया दिनुहोस