२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विजयनगरमा चौमासिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न


२८३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १६, बुधबार मा प्रकाशित ४ साल अघि
  • विजयनगर, विजयनगर गाउँपालीकाको आयोजनामा महिला संस्था तथा समितिका अध्यक्ष माझ गाउँपालीका स्तरिय अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले “महिलाहरुले चाहेमा गाउँ,समाज र पालीकालाई चिनाउन सक्ने र नमुना कार्यका लागि महिलाहरु सक्षम भएकाले गाउँपालिकाबाट महिलाहरुलाई सहयोग गर्ने” प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रम पँैतिस वटा संस्थाका अध्यक्ष तथा समुहका पदाधीकारीहरुको सहभागीतामा सञ्चालन गरिएको थियो ।

    अन्र्तक्रिया कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै स्वीकृत योजना तथा कार्यक्रम अन्र्तगत महिला बालबालीका तथा समाज कल्याण शाखामा दर्ता भएका पँैतिस वटा समुहलाई त्रिपाल बितरण गरिएको छ । कार्यक्रम विजयनगर गाउँपालीका वडा नम्बर सात पिपरीमा भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार