२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी र विप्लब कार्याकर्ता विच गोली हानाहान


१९६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • १६ पुस, सुर्खेत । सुर्खेतमा प्रहरी र प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ ।

    जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली देख्ने वित्तिकै विप्लव समूहका कार्यकर्ताले गोली चलाएका थिए ।

    प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ । फायरिङपछि विप्लव कार्यकर्ता भागेको प्रहरीको भनाइ छ । यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ ।

    सुर्खेत पश्चिमका केही क्षेत्र विप्लव समूहको पकेट मानिन्छ । पश्चिम सुर्खेत विप्लवका नेता धर्मेन्द्र वास्तोलाको क्षेत्रसमेत हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार