२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कारको ठक्करवाट पौडेलको मृत्यु


१९८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १७, बिहिबार मा प्रकाशित ४ साल अघि
  • बुटवल । बुटवलमा भएको सवारी दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । बुधबार राति करिब साढे १० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर १० बेसक्याम्प चोकमा कारले स्कुटरलाई ठक्कर दिएको हो ।

    बुटवलबाट पूर्वतर्फ जाँदै गरेको नम्बर प्लेट खुल्न नसकेको कारले सडक पार गर्दै गरेको लु २२ प १८२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा बुटवल ११ देवीनगरकी २२ वर्षकी सपना पौडेलको मृत्यु भएको हो ।

    स्कुटरलाई ठक्कर दिने कारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार