२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चट्याङ लागेर एकै परिवारका ५ घाइते


३४८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • १८ पुस, बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । शुक्रबार बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीका अनुसार नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका हुन् ।

    चट्याङ लागेर ५५ वर्षीया श्यामकला खटिक, ४५ वर्षीय राजितराम खटिक, १८ वर्षीय रामरुप खटिक र चार वर्षीय सुबी खटिक घाइते भएका हुन् । चट्याङ लागेर घाइते भएका उनीहरु सबैको नेपालगञ्जस्थित भेरी अस्पतालमा यतिखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गुरुदिनले पालेको एउटा बङ्गुरसमेत मरेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार