२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुनको मुल्य अहिले सम्मकै उच्च


२४०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १८, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। शुक्रबार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ बढेको छ,।
    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बिहीबार प्रतितोला ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
    यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला एक हजार बढेर ७४ हजार २०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोलामा १० रुपैयाँले बढेर ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
    यसअघि गत भदौ १८ मा सुनको भाउ प्रतितोलाको ७३ हजार ५०० रुपैयाँ पुगेर घटेको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले नेपालमा पनि बढेको सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए। उनका अनुसार भाउ अझै बढ्ने संकेत देखिएको छ। मूल्य बढेसँगै बजारमा सुनको कारोबारमा गिरावट आएको महासंघले जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार