२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दलित पत्रकार संघको प्रथम भेला तयारी तिव्र


१८९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष १९, शनिबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी

    कपिलबस्तु – राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश भेलाको तयारी तिव्र पारिएको छ । केन्द्रीय समितिको निर्णय अनुसार आगामि पुस २८ गते हुने प्रथम ऐतिहासिक प्रदेश भेला सम्पन्न गर्नका लागि स्थानीय आयोजक समिति गठन गरिएको छ ।

    संघका केन्द्रीय सदस्य तथा प्रदेश ५ का इन्चार्ज सोना खटिकको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष विनोद पहाडीको आतिथ्यतामा शुक्रबार कपिलबस्तुको चन्द्रौटामा दलित पत्रकार र अधिकारकर्मीहरुको भेलाले स्थानीय आयोजक समिति गठन गरेको हो ।

    स्थानीय व्यवस्थापन समितिको संयोजकमा चिन्ता परियार, सदस्यहरुमा सञ्जीव गहतराज, रामप्रकट कोरी, उजेरी विश्वकर्मा, पूर्ण परियार, भूपेन्द्र सुनार, उत्तम कोरी, विरमायाँ सुनार, पूजा सुनार, रामबहादुर गन्धर्व र धिरज कोरी रहेका छन् ।

    यसैगरि सल्लाहाकार समितिमा निशा विश्वकर्मा, मिना परियार, सिवि गहतराज, पुष्पा सुनार, वेगम विश्वकर्मा, रीमा विक, शिवपुजन पासी, सूर्य विक, टिका विक, निर्मला सुनार, बदलु रैदास, जयकरण पासी, मिलन विक, टिकाराम सुनार, छवि नेपाली रहेका छन । यसैगरि रामदेव पासी, माया नेपाली,फागु धोवी, डम्बर विक, रामशरण रैदास, प्रविण सुनार, शान्तिदेवी चमार र नहकुल विक रहेका छन् ।

    संघको केन्द्रीय समितिको निर्णय अनुसार प्रदेश भेलाको तयारी भइरहेको छ । प्रदेश ५ का १२ वटा जिल्लाका दलित समुदायका पत्रकारहरुलाई सहभागी गराउने कार्यक्रम छ । भेलाले नयाँ नेतृत्व समेत चयन गर्ने केन्द्रीय अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार