२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

दाजुले मारेर फालेको बहिनिको शव फेला पर्यो


१६९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २०, आईतबार मा प्रकाशित ४ साल अघि
  • ताप्लेजुङ, १९ पुस । दाइले आफ्नै बहिनीको हत्या गरेर तमोर नदीमा फालिएकी ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ फूलवारीकी मन्दिरा अधिकारीको शव ३२ दिनपछि भेटिएको छ । तेह्रथुम तमोर फाक्चुवा दोभानको बगरमा बिहीबार माछा मार्ने क्रममा माझीले श व उनको शब भेट्टाएका हुन् ।

    पाँचथर सिम्लेका धनबहादुर माझीले माछा मार्ने क्रममा शव भेटेपछि आठराई तेह्रथुमस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । अनुहार पहिचान गर्न सकिने अवस्थामा नभए पनि उनले दाहिने हातमा लगाएको चुरा र जिउमा लगाएको रातो टि–सर्टका आधारमा शवको पहिचान भएको मन्दिराका काका चन्द्र अधिकारीले बताए ।

    अप्ठ्यारो स्थानमा भएकाले शवलाई तमोरभ्याली ट्राभल्सको ढुङ्गामार्फत् सिम्राहाको पुलमा निकालिएको चन्द्रले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काको नेतृत्वमा खटिएको टोलीले शव फेला परेको स्थानबाट उठाएको हो ।

    ‘दुई दिनअघि माझीले भेट्टाएको शव मन्दिराकै हो, भन्ने पुष्टि भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र फुयाँलले भने, ‘उक्त स्थानबाट नजिक पर्ने भएकाले पाँचथरमा पोष्टमार्टम गर्न लागिएको हो ।’

    हत्याको आशंकामा मृतककै दाजु नाताका रमेश अधिकारीलाई प्रहरीले पुस ९ गते प क्राउ गरिसकेको छ । उनले मन्दिराको हत्या आफुले नै गरेको भनेर स्वीकारेका प्रहरीले जनाइएको छ ।मंसिर १७ गते राति ताप्लेजुङको नाङखोल्याङ र फूलबारीको सिमाना भएर बग्ने तमोर नदीको किनारमा रहेको खेतमा हत्या गरेर शव मित्लाको झोलुङ्गे पुलबाट नदीमा फालेको बयान रमेशले प्रहरीसँग दिएका छन् । यद्यपि, मन्दिराका परिवारले भने मन्दिराको अपहरण र जबर्जस्ति करणीपछि हत्या भएको दावी गरेका छन् ।

    ‘घरमै आएर अपहरण गरी तमोर किनारमा लगेर जबर्जस्ति करणीछि हत्या भएको हो,’ मन्दिराका बुबा नन्दकुमार अधिकारीले भने

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार