२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

८ बर्षिय बालकलाई चितुवाले खायो


२२३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । बालकको शव घरभन्दा दुई/तीन सय मिटर तल बारीमा फेला परेको छ । घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको छ ।

    चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ । केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो । भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आ’क्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार