२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नकावधारीको आक्रमणमा १८ विद्यार्थी घाईते


१५२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • २१ पुस, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा नकाबधारी समूहले आक्रमण गरेको छ । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थीहरु घाइते भएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारीका हातमा फलामे डण्डी र लठ्ठी थियो । उनीहरुले क्याम्पस र छात्राबासमा घुसेर आक्रमण गरेका थिए । घाइतेहरुलाई अस्पताल पुर्‍याउनका लागि सात वटा एम्बुलेन्स प्रयोग गरिएको थियो ।

    अहिले स्थिति प्रहरी नियन्त्रणमा छ । जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ छन् । विद्यार्थीहरुले विश्वविद्यालय गेट बाहिर र दिल्ली प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयमा भएको हिंसाको विरोधमा मध्यरातमा मुम्बईको गेटवे अफ इण्डियामा पनि अन्य कलेजका विद्यार्थीहरु भेला भएर प्रदर्शन गरेका छन् ।

    विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । जनवरी १ तारिखदेखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । त्यसपछि विद्यार्थीहरुको रजिष्ट्रेशनको काम भइरहेको थियो । रजिष्ट्रेशनको समर्थन र विरोध गर्ने विद्यार्थीहरुबीच मतभेद थियो । यही विषयलाई लिएर ५ जनवरीको दिन दिउँसो विद्यार्थीहरुबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्राबासमा प्रवेश गरी आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार