२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण


१९०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • धिरज कोरी

    कपिलवस्तु,२१ पुष/विजयनगर,मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत बाल शिक्षा कक्षा र कक्षा १ मा अध्यनरत बालबालिका तथा विपन्न ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
    विजयनगर गाउँपालिको आयोजनामा गाउँपालिका भित्र रहेका सम्पुर्ण बाल शिक्षा कक्षा र कक्षा १ का विद्यार्थीलाई उक्त न्यानो कपडा वितरण गरिएको हो । दुधाधारी माध्यामिक विद्यालय गुगौलीमा आइतबार औपचारिक रुपमै वितरण कार्यलाई जिल्ला समोन्नय प्रमुख नारायण प्रसाद खनालद्धारा शुरु गरिएको हो ।

    सम्पुर्ण बालबालिकालाई न्यानो कपडामा सुइटर वितरण गरिएको छ । त्यस्तै वडाबाट सीफारीस भई आएका विपन्न तथा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको कार्यक्रम सहजकर्ता रुकैया खातुनले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै जिल्ला समोन्नय समितीका समोन्नय अधिकारी जगन नाथ लामिछानेले विजयनगर गाउँपालिले उदाहरणिय कार्यक्रम शुरु गरेकाले सफलताको शुभकामना दिनुभएको थियो । जिल्ला समोन्नय प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी नारायण प्रसाद खनालले गाउँपालिका भित्रका गरिब , विपन्न , जनजाती तथा मुस्लीम जनताको आर्थीक स्थिती सुधारको लागि कार्यक्रम शुरु गरिएको बताउनु भयो ।

    त्यस्तै गाउँपालीकाले जिल्लामै सह्रानिय काम गरेको भन्दै अन्य पालीकाले पनि यस कार्यलाई अवलम्बन गर्नुपर्ने बताउनुभएको थियो । प्रमुख अतिथी खनालले अरु पालिकाले यस्ता उदाहरणीय काम नगरेकाले यो कार्यको उहाले खुलेरै प्रसंसा गर्नुभएको थियो ।
    कार्यक्रम गाउँपालीका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षता , वडा नम्बर २ का वडा अध्यक्ष नेपाल चौधरीको स्वागत मन्तव्य र प्रमुख प्रसाशकिय अधिकृत गोविन्द भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार