२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युत थोरै खपत गर्नेलाई माशिम शुल्क ३० मात्रै


१८२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ।
    प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब सात लाख रहेको छ।
    ‘यी ग्राहकलाई सेवा शुल्कबापत ३० रुपैयाँ मात्रै लिएर विद्युत् दिँदा प्राधिकरणलाई मासिक करिब २५ लाख भार भर्छ,’ मन्त्री पुनले भने, ‘प्राधिकरणले निर्माण गरिरहेका आयोजना पूरा भइरहेका छन्। यिनले प्राधिकरणको आम्दानी बढाइरहेकाले घाटा पर्दैन।’
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार