२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामुदायिक बनका अध्यक्ष घुससहित पक्राऊ


१९६६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २१, सोमबार मा प्रकाशित ४ साल अघि
  • २१ पुस, काठमाडौं । कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार घुससहित पक्राउ परेका छन् ।

    धनगढी उपमहानगरपालिका-१२ मा रहेको सामुदायिक वन क्षेत्रबाट माटो झिक्न प्रयोग भएका डोजर र ट्याक्टर छाड्ने क्रममा सेवाग्राहीसँग सो रकम लिँदै गरेको अवस्थामा दुबै जना पक्राउ परेका हुन् । कानीखोला पुल नजिकबाट माटो झिकिरहेको अवस्थामा सामुदायिक वनले डोजर र ट्याक्टर नियन्त्रणमा लिएको थियो ।

    उक्त डोजर र ट्याक्टर छाड्नका लागि घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरबाट खटिइएको टोलीले थापा र सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सामुदायिक वन उपभोक्ता समुहको कार्यालयबाट उक्त रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार