२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा विद्यार्थीहरुको मुटु परिक्षण


१८१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २३, बुधबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल र आसपासको क्षेत्रमा मुटु रोगका कारण कसैको अक्कालमा मृत्यु हुन नपरोस भन्ने उद्देश्यका साथ स्थापना भएको नेपाल हृदयरोग निबारण प्रतिष्ठान पॉचखाल उपशाखाको आयोजना मुटु परिक्षण गर्ने कार्य सम्पन्न भएको छ ।

    उपशाखाका अध्यक्ष दामोदर अधिकारीका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको मुटु परिक्षण गर्ने उद्देश्यले आयोजना गरेको एक दिने शिविरमा ३ सय ४१ जनाको मुटु परिक्षण गरेको बताउनु भयो । उहाँले भन्नुभयो परिक्षण गरेका मध्य ६० जनाको इको गरेको छ ।

    अध्यक्ष अधिकारीले भन्नुभयो “नेपाल हृदयरोग निबारण प्रतिष्ठान पॉचखाल उपशाखाको अनुरोधमा धुलिखेल अस्पतालले प्राविधिक सहयोग गरेको हो ।” उक्त शिविर पॉचखाल भ्यली सेकेन्डरी इङ्लिस स्कूलमा संञ्चालन भएको थियो । शिविरमा डा. अनिश जोशी, डा.सोनाम रिञ्चेन लामा, डा सन्दिप कुमार शाह र प्रबेश आचार्यको टोली सहभागि रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार