२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

डुबेको अवस्थामा शव फेला


२०२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • धीरज काेरी

    कपिलवस्तु,२४ पुष/महाराजगंज कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका -४ काे राजपुर पाेखरी मा पुरुष शव फेला परेको छ।

    हुलाकी राजमार्ग नजिकै रहेको पाेखरी मा शव डुबेको अवस्था मा फेला परेको छ। अन्दाजी करिब ३० बर्षको गहुँगोरो वर्णको खैरो ज्याकेट, निलो चेक सर्ट, कालो पाइन्ट लगाएको पुरुषको शब पानीमा डुबेको अवस्थामा फेला परेको हो। शव डुबेको अवस्था मा देखेपछि राजपुर का स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    शब नजिकै लु ४ प ९६९९ नम्बरको मोटरसाइकल समेत पाइएको ईलाका प्रहरी कार्यालय महाराजगन्जका प्रहरी नायब निरीक्षक अशोक कुमार श्रीवस्तवले जानकारी दिनु भयो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार