२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

दुध ढुवानी गर्ने बोलेरो दुर्घटनामा अनीलको मृत्यु


१८०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • रोशी । दुध ढुवानी गर्ने बोलेरो दुर्घटना हुँदा एकको मृत्यु दुई घाईते भएका छन् । रोशी गाउंपालिक वडा नं ९ पानान्चे स्थित भित्री सडक खण्डमा देउराली बाट नार्के तर्फ आउदै गरेको दुध ढुवानी गर्ने बोलेरो बा.५च.५०७४ सडक बाट सय मिटर तल खसी दुर्घटना भएको थियो ।

    जिल्ला प्रहरी काभे्रका अनुसार दुर्घटनाको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी अधिकृतको टोली खटीई गई घाईतेहरुलाई धुलीखेल अस्पताल पठाईएको थियो । घाईतेहरुमा रोशी गाउंपालिका ९ पानान्चे बस्ने बर्ष ७५ की सती कुमारी पीठाकोटे , कृष्ण बहादुर राना मगरको छोरा बर्ष १२ को अनील रानामगर गम्भिर रहेकोमा ऐ।१२स्२५बजेको समयमा डाक्टरले मृत घोषणा गरेको ।

    बलेरो चालक रोशी गाउंपालिका ६बस्ने बर्ष २३ को टंकमान लामासमेत तीन जनालाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो । उपचारमा पठाएको घाईते मध्य बर्ष १२ को अनील रानामगरको मृत्यु भएको र अन्य दुई जनाको उपचार भइरहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार