२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सुरुभयो स्वस्थानी ब्रत


१८९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • आज विक्रम संवत् २०७६ साल पौष महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जनवरी महिनाको १० तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठानब्बे लाख पचासीहजार १२०) वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४१, तथा नेपाल संवत् ११४० अन्तर्गत परिधावी नामको संवत्सर चलिरहेको छ ।

    सूर्य दक्षिणायनमा छन् । हेमन्तऋतुअन्तर्गत पौषशुक्लपक्षको पूर्णिमा तिथि राति १।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता नारायण र मासदेवी लक्ष्मी हुन् । सूर्य र बृहस्पति धनु राशिमा रहेका छन् । आद्र्रा नक्षत्र दिवा ३।१८ बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भादिमा ऐन्द्र योग, आन्दादिमा पद्म योग र भद्रा करण रहेका छन् । आज काठमाडौँमा सूर्योदय ६।५८ मा छ भने सूर्यास्त बेलुका ५।२५ बजे हुनेछ ।

    चन्द्रमा आज मिथुन राशिमा छन् । आज पूर्णिमा व्रतका साथै श्रीस्वस्थानीव्रतकथा आरम्भ गर्ने दिन पनि हो । आज बाट एकमहिना सम्म नित्य श्रीस्वस्थानी भगवतीको उपासनाका साथै कथा श्रवण गर्ने विधि विधान रहेको छ । समस्त मनोकामना पूर्ण गर्ने श्रीस्वस्थानी माताको महिमा अपरम्पार रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार