२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

स्काईभेटर दुर्घटना हुँदा दुइको मृत्यु


१९६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • पनौती। काभ्रे जिल्ला पनौती नगरपालिका वडा नं ११ थुम्कीमा स्काईभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडक बिभाग भक्तपुरको आयोजनामा पाटीखर्क बाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काईभेटर दुर्घटना भएको थियो । सडक बाट ३ सय मिटर तल खसि सलान्दु खोलामा पुगेको थियो ।

    दुर्घटनामा परि स्काईभेटरमा सवार पनौती नगरपालीका ११ बस्ने रामकृष्ण के.सी को छोरा को १६ को राउत के.सी.को घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी सिन्धुपाल्चोक जिल्ला घर भई हाल पनौतीमा दिदीको घरमा आएको बर्ष १५को रोशन भण्डारी को घटनास्थलमै मृत्यु भएको थियो । स्काईभेटर चालक पनौती वडा नं ७ बस्ने बर्ष २७ को जीबन ताम्राकार घाईते भई उपचार हुँदै गरेको छ । चालक ताम्राकारलाई भिरमा अड्कीयको अवस्थामा प्रहरी तथा स्थानियले तत्काल उद्ध्दार गर्न सफल भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार