२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पनौतीको नगरसभा ६ वडा अध्यक्ष सहित २३ ले बहिष्कार


२६१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २५, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे/काभ्रेको दोस्रो नगरको रुपमा परिचित पनौती नगरको छैठौं नगर सभा सम्पन्न भएको छ । सभाको अन्तिम समयमा आएर नेपाली काँगे्रसबाट निर्वाचित ६ जना वडा अध्यक्ष सहित २३ जना नगर सभा सदस्यले सभा बहिष्कार गरी बाहिरिएका थिए ।

    वडा नं ६, ७, ८, ९, १० र ११ का वडा अध्यक्षहरु साथै अन्य १७ जना नगरसभा सदस्यहरुले ‘फाहोरमैला, शिक्षा, स्वास्थ्य, कृषि, टिपर आतंक साथै पनौती मकरमेलाको बारेमा आ—आफ्नो धारणा राखेका थिए । नगरका प्रमुख भिम न्यौपानेबाट जवाफ आउने अपेक्षा गर्दै आफुहरुले राखेको धारणाको बारेमा वडा नं १ का वडा अध्यक्ष गुणनाथ सापकोटा बाट क्रस गर्दै नगरले राम्रो काम गर्दै गर्दाको अवस्थामा किन सोधनी भएको भनि प्रतिपश्न गरेपछि नगरसभा बहिष्कार गरेको वडा नं ६ का वडा अध्यक्ष सुधिर सापकोटाले बताउनु भयो ।

    त्यसैगरी वडा नं ९ का वडा अध्यक्ष सहकुल हुमागाईले भन्नुभयो बहुमतको आडमा हामी मार्फत नगरवासिको सुझाव नगरसभामा राख्दा कुनै सुनुवाई नहुने साथै आफ्नो धारणा समेत राख्न नदिदा बाध्य भएर वाहिरिनु परेको बताउनु भयो । उहाँले थप्नुभयो छलफलको बिषयमा खासै चासो नदिई बहुमतको आडमा हतारमा नगरसभा सञ्चालन गरेको हामीलाई शैह्य नभएको बताउनु भयो । हामी जनप्रतिनिधि भएर जनताका समस्या राख्न खोज्दा , असम्बन्धित व्यक्तिले यस्ता विषयमा नबोल्न भन्दै मर्यादा सिकाउन थालेपछि बाहिरिनुको विकल्प नभएको बताउनु भयो ।

    नगरसभामा नगरप्रमुख भीम न्यौपानेले सम्बोधनको क्रममा भन्नुभयो “नगरसभा अत्यन्त सौहार्द ढंगबाट चलि रहदा करिव अन्तिम समयमा केही साथीहरु बाहिरिनु भएछ, किन बाहिरिनु भयो जानकारी हुन नसकेको बताउनु भयो । उहाँले थप्नुभयो नगरका समग्र बिषयमा आफुले जवाफ दिने कार्यमात्र बाँकी हुंदा हिड्नु भएछ त्यस्तो कुनै असहमती भएको जस्तो नलागेको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार