२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

१८ हजारमा पाय कृषकले ट्रयाक्टर


२३८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ पौष २९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल वडा नं ८ का कृषकहरुलाई १८ हजारमा अनुदानको ट्रयाक्टर उपलब्ध गराएको छ । ५ जना कृषको एक समुह बनाई ३५ समुहलाई एक कार्यक्रमको आयोजना गरी आईतबार ट्रयाक्टर वितरण गरेको हो ।

    पाँचखाल नगरपालिकाका कार्यबाहक मेयर एवं वडा नं ८ का वडा अध्यक्ष शंजय तामाङका अनुसार कृषकहरुलाई सामुहिक ढंगबाट खेती गराउने उद्देश्यले समुह गठन गरी ट्रयाक्टर वितरण गरेको बताउनु भयो । ट्रयाक्टर वितरणको क्रममा जोत्नको लागि आवश्यक हुने फाली साथै हलो समेत उपलब्ध गराएको थियो ।

    सामुहिक ढंगबाट आधुनिक तरीकाले खेती गराई कृषकको आयमा बृद्धी गराउने उद्देश्यले अगाडीबढेको कार्यबाहक मेयर तामाङले बताउनु भयो । उहाँका अनुसार कृषि कर्म गर्नको लागि आर्थिक (पैसा) अभाव भएमा विना धितो ऋणको व्यवस्था समेत गर्ने बताउनु भयो । समुह बनाई खेती गर्दा अनुदानमा प्रदान गरेको ट्रयाक्टरको दुरुपयोग नहुने साथै समुहलाई विना धितो कृषि कर्जा उपलब्ध गराउन समेत सहज हुने बताउनु भयो ।

    कार्यक्रममा पत्रकार महाँसंघ काभे्र शाखाका पुर्व अध्यक्ष महेश पौडेलले कृषकले अनुदानमा पाएको कृषि उपकरणहरु कतिपय स्थानमा दुरुपयोग भएको बताउनु भयो । कृषिको लागि हवको रुपमा रहेको पाँचखालका कृषकहरुलाई अनुदानमा उपलब्ध गराएको ट्रयाक्टर दुरुपयोग हुनु नहुने बताउनु भयो । उहाँले थप्नुभयो वडाले समुह वनाएर वितरण गर्ने कार्य गर्दा दुरुपयोग हुने संभावना रहेको बताउंदै अनुदानको सामाग्री वितरण गर्दा यस्तै प्रकारको तरिका अपनाउन सके दुरुपयोग नहुने ठोकुवा गर्नुभयो ।

    परम्परागत तरिकाले खेती गर्दा कृषकहरुलाई पर्याप्त आम्दानी नहुंने साथै खर्च वढि हुने भएकोले कृषि कर्ममा राम्रो आम्दानिको लागि यान्त्रिक तरिकानै आवश्यक भएको ठहर गर्दै नगरका विभिन्न वडाहरुमा वितरण गर्ने कार्य भएको छ । जसमा पाँचखाल नगरपालिका र वडा नं ९ मा विगत बर्षमा २७ वटा र यस बर्ष २५ हाते ट्रयाक्टर वितरण गरेको थियो । पाँचखाल वडा नं ६, वडा नं ११ र वडा नं १३ मा पनि ट्रयाक्टर बितरण गरिसकेको र वडा नं ४ मा वितरण गर्ने तयारीमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार