२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चार लाखको क्षतीमा ३० हजारको मुचुल्का


२४२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ १, बुधबार मा प्रकाशित ४ साल अघि
  • अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ । उनी पुस १२ गते शनिबार सुनसरीको चकरघट्टीबाट समातिएकी हुन् । अघिल्लो साँझ भुजेल र कार्यालय सचिव सुमनसिंह पौडेल सुनसरी इञ्चार्ज प्रज्वलसहित दाइको घरमा बास बसेका थिए ।

    यसअघि शुबार स्थानीय दुई जना कार्यकर्ता गिरफ्तार भए पनि त्यसको खबर पाउन सकिएको थिएन । शनिबार बिहान ७ः३० बजे बास बसेको स्थानबाट निस्किनासथा सादा पोशाकका प्रहरीले मोटरसाइकलमा पिछा गरी ५ मिनेटमै पेस्ताल ताक्दै ‘रोक्–रोक्’ भन्दै घेरा हाली बबिन्द्र नेम्वाङको टोलीले समातेको बताइन्छ ।

    गिरफ्तार गर्नासाथ बराह इप्रकामा लगिँदा उनीहरुको साथमा चार लाख ३० हजार नगद र डायरी थियो । मुचुल्का ३० हजारको मात्र बनाइ ४ लाख दाखिला नगरिएको आरोप प्रहरीमाथि लागेको छ । मुचुल्काको एक ठाउँ खाली रहेको तर उनीहरुले थप षड्यन्त्रको अनुमान नगरेको बुझिएको थियो । पुस १३ गते त्यही खाली ठाउँमा १ वटा कट्टा पेस्तोल थपेर अदालतमा पेस गरिएको विप्लव समूहको दाबी छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार