२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मोटरसाईकलले ठक्कर दिंदा देउजाको मृत्यु


२२७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ २, बिहिबार मा प्रकाशित ४ साल अघि
  • पनौती/पनौती नगरपालिका वडा नं ५ ढलमलेमा मोटरसाईकलले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

    रोशी गाउँपालिका वडा नं १० का जगतमान थिङले चलाएको प्रदेश ३—०२—००१ प ०४७७ नं को मोटरसाईकलले पनौति बाट बनेपा तर्फ आउने क्रममा पैदल यात्री लाई ठक्कर दिएको थियो । काभ्रे पनौती नगरपालिका वडा नं ५ बस्ने वर्ष ५० को रामहरी देउजा लाई ठक्कर दिई घाईते भई उपचारको लागी शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो ।

    बनेपा स्थित शिर मेमोरियल अस्पतालले प्राथमिक उपचार पश्चात थप उपचारको लागी नागरिक अस्पताल भक्तपुर पठाएको थियो । घाईते देउजाको उपचार गराउने क्रममा बुधबार राती मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मोटरसाईकल चालक लाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बनेपाले थप अनुसन्धान गरिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार