२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पत्रकार मार्नेलाई ३९ बर्ष कैद तोकीयो


३४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २ माघ, हेटाैंडा । मकवानपुरका सञ्चारकर्मी मनाेहर ढकालकाे हत्यामा संलग्न २ जनालाई अदालतले ३९ बर्ष कैदकाे सजाय सुनाएको छ । सञ्चारकर्मी ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैदको फैसला सुनाएको हो ।

    ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाइवालाई  दोषी ठहर गरी जनही ७० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

    हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाइवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए ।हत्या गरिएका रेडियोकर्मी ढकाल रेडियाे पालुङमा कार्यरत थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ । पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेकाेे प्रहरीसँगकाे बयानमा बताएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार